Wednesday, December 23, 2015

साफ च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं, पुष ८ । ११ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल श्रीलंकासँग १-० ले पराजित भएको छ । भारत केरलाको त्रिवेन्द्रम रंगशालमा भएको पहिलो खेलमै नेपाल पराजित भएको हो । खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार व्यहोरेको छ । ९० मिनेटको खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको नेपालले इन्जुरी समयको अन्तिम मिनेटमा रिफनास मोहमदले गोल गर्दै टिमलाई विजयी बनाए।
खेलको सुरुवात देखिनै श्रीलंकामाथि हावी भएपनि गोल भने गर्न सकेन । यस अघिका खेलमा जस्तै नेपालका स्टाइकर चुक्दा फिफा बरियतामा दक्षिण एसियाकै कमजोर टोली श्रीलंकाले नेपाललाई पाखा लगाएको हो । हारसँगै सेमिफाइनल पुग्ने नेपालको संभावना कम भएको छ ।
समुह चरणको अर्को खेलमा नेपालले आउँदो आइतबार भारतसँग खेल्नेछ । नेपाल र श्रीलंका अहिलेसम्म १६ पटक भिडिसकेका छन्। जसमा नेपाल पाँच खेलमा विजयी भएको छ भने ९ खेल बराबरी र ३ खेलमा नेपाल पराजित भएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts