Tuesday, December 22, 2015

आइसिटी पत्रकार मञ्चले पाँचौ वार्षिकोत्सव सम्पन्न (फोटो फिचर)

काठमाडौं,पुष ८ । आइसिटी पत्रकार विकास मञ्चको पाँचौ वार्षिकोत्सव अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सगै आइसिटी सम्मान २०१५ कार्यक्रम सम्पन्न भएको छ । सञ्चार मन्त्री राईले यस वर्षको आइसिटी अवार्ड २०१५ बाट मानवअधिकार काउन्सिल नेपालका अध्यक्ष तुलसी थापालाई प्रदान गनुभएको छ । त्यसैगरी आइसिटी पत्रकारीता सम्मान २०१५ न्युज ट्वान्टी फोर का समाचार प्रमुख तथा पत्रकार प्रेम बानियालाई प्रदान गरिएको छ । आइसिटी सम्मान २०१५ बाट सम्मानित हुनेहरुमा रामशरण पाण्डे आइसिटी एसोसियसन अफ नेपालका संस्थापक अध्यक्ष, आइटीएस नेपालका संस्थापक नारायण न्यौपाने, डा.सुभास घिमिरे, ऋषिकेश तिवारी, जिल्ला खेलकुद विकास समिति युवा सूचना केन्द्रका लीलाराम बस्नेत, जि.वि. स काठमाडौंका सामाजिक कार्यक्रम अधिकृत दीपक केसी, लागू औषध नियन्त्रण कार्यक्रमका प्रमुख खड्ग बहादुर श्रेष्ठ, टान्स्फरमेसन नेपालका अध्यक्ष सन्तोष घिमिरे, युवा समाजसेवी तथा शुसासनका राम भटराई, रेडियो आवाज कार्यक्रमकी सञ्चालिका टोमा लामा, पुनम देव, लोकेन्द्र वली, पुष्पराज काफ्ले, युवा आइसिटी व्यवसायी मोहन खतिवडा लाई सञ्चार मन्त्रीले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

i

त्यसैगरी आइसिटी क्षेत्रमा एक दशक लामो समयदेखि योगदान पुर्याउने आइसिटी क्षेत्रका अग्रजहरु क्रमशः मुनि बहादुर शाक्य, बीरेन्द्र कुमार मिश्र, विप्लवमान सिंह, डा. सुवर्ण शाक्य, राजनराज पन्त, सिएन उपाध्याय, भेषराज पौडेल,सी पी भटराई लाई टोकन अफ लभ बाट सञ्चार मन्त्रीले सम्मान गर्नुभयो ।
टोकन अफ लभ सम्मान पाउने सामाजिक क्षेत्रका व्यक्तिहरुमा तारा भटराई, मणि पोखरेल, दीपक कार्की, वेभ इन्जिनियर सुरेन्द्र बूढाथोकी, जितेन्द्र जि.सी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायधिवक्ता श्री डम्बर काफ्ले, अभिभारा राष्टिय साप्ताहिक कालीकोटका प्रकाशक तथा सम्पादक नारायण गिरी, फरकधार साप्ताहिकका प्रधान सम्पादक महेशजंग कुवँर र युवा खेलाडी राधिका अधिकारी रहेका थिए ।

ict
सूचना प्रविधिको सवालहरुमा मिडिया पैरवी गर्ने र आइसिटी प्रिन्ट, अनलाइन, इलेक्टोनिक्स मिडियामा काम गर्ने आइसिटी पत्रकारहरुलाई गोलबन्द गर्दै आइसिटी क्षेत्रको विकासका लागि राष्टिय आइसिटी नीति निर्माणमा सहयोग पुर्याउने लक्ष्य र उद्देश्यका साथ २०६७ मा स्थापना भएको संस्था हो आइसिटी पत्रकार विकास मञ्च । आइसिटी जनचेतनाको देशव्यापी प्रचार प्रसार गर्दै आइटी विकास बिस्तार प्रवद्र्धन गर्दै र आइसिटी क्षेत्रमा कार्यरत सम्पूर्ण पत्रकारहरुको हकहितका लागि नीति अख्तियार गर्ने र आइटी प्रिन्ट तथा बिद्युतीय छापा प्रकाशन तथा प्रसारणलाई दिगो, स्थायित्व र निरन्तरताको लागि राष्टिय तथा अन्तराष्टियस्तरमा पहल गर्ने लक्ष्य संस्थाको रहेको छ ।
संस्थाले स्थापनाकालको चौथो वार्षिकोत्सव २०७१ मंसीर २७ गते पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुखि आतिथ्यतामा सूचना प्रविधि विषयक छलफल र आइसिटी सम्मान २०७१ सफलतापूर्वक सम्पन्न गरेको थियो भने संस्थाले पाचौ वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया तथा आइसिटी सम्मान २०१५ कार्यक्रम आयोजना गरेको हो ।
पाचौ वार्षिकोत्सव अवसरमा आयोजत अघोषित नाकाबन्दीले सञ्चार क्षेत्रमा पुरयाएको प्रभाव विषयक छलफल र आइसिटी सम्मान २०१५ कार्यक्रममा प्रमुख अतिथि माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राई ज्यू, विशिष्ट अतिथि, अतिथि ज्यूहरु आइसिटी क्षेत्रका अग्रजहरु, मानवअधिकार, सामाजिक, स्वास्थ्य, पर्यटन क्षेत्रका व्यक्तित्वहरुलाई संस्थाका महासचीव मुकुन्द ढुंगानाले स्वागत गरेका थिए ।

संविधानको जगभन्दा सरकार दायाँबायाँ जादैनः सञ्चारमन्त्री राई

सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकार संविधानबाट जारी संविधानको जगबाट नझुकेर मधेसको समस्या समाधान गर्न तयार रहेको बताए । ‘संविधानको जगभन्दा दायाँबायाँ हुने, झुक्ने काम सरकारबाट हुँदैन, सरकार मधेस आन्दोलनलाई विधिसम्बत रुपमा समाधान गर्न तयार छ’ मन्त्री राईले भने ।
आइसिटी पत्रकार विकास मञ्चको पाँचौँ वार्षिक उत्सवमा बोल्दै मन्त्री राईले सो कुरा बताएका हुन् ।  मन्त्री राईले देशको स्वातन्त्रता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र सार्वभौम अधिकारको जगमा सरकार उभिएको बताउँदै मधेसको समस्या समाधान गर्ने बहानामा सरकार नझुक्ने बताए । उनले सरकार अधिकतम लचाकताकासाथ वार्तामा बस्न तयार भएको बताए । ‘भारतले गरेको नाकाबन्द अब छिट्टै खुल्नेछ,’ मन्त्रीलाई अगाडि भने, ‘सरकार र प्रतिपक्ष र मधेस आन्दोलनसँग आवद्ध दलहरुबीच निर्णयक वार्ताको तयारी भइरहेको छ, समस्या समाधान नभएसम्म हामी वार्ताबाट उठ्दैनौँ ।’

sherdaan rai

मन्त्री राईले सरकार अलमलमा नभएको बताउँदै विकास र समृद्धिको कार्ययोजनासहित अगाडि बढिरहेको बताए ।
एक अर्को प्रसंगमा मन्त्री राईले नाकाबन्दले सञ्चार क्षेत्रले भोग्नु परेको संकटलाई कम गर्न आफू लागेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस सांसद जगदिश्वर नरसिंह केसीले सरकार जनताले भागिरहेको संकटको समाधान गर्नेभन्दापनि सरकार आफ्नो कुर्सी जागाउन लागेको बताए । उनले गैरजिम्मेवार भएर नाकाबन्द र मधेस आन्दोलनलाई समाधान गर्नुभन्दा उत्तेजित बनाउने कार्यमा लागेको बताए ।
आइसिटी पत्रकार विकास मञ्चले एमनेष्टिक इन्टरनेश्नको अध्यक्ष सूर्यबहादुर अधिकारी, पत्रकार प्रेम बानियाँ राष्ट्रिय प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्मचार्य, कलाकार श्रीकृष्ण सिंखडा, नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटा, पर्यटन व्यवासयी तथा निटका अध्यक्ष दिपक महत, नेपाल उद्योग वाणिज्य महासंघको कमोडिटी काउन्सिल अध्यक्ष विप्लवमान सिंह लगायतलाई सम्मान गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts