Tuesday, December 22, 2015

क्रिसमस मनाउनेलाई पाँच वर्ष जेल सजाय दिने घोषणा

ब्रुनाई,पुष ८ । क्रिसमस आउन मात्र दुई दिन बाँकी छ। विश्वका धेरै देशमा क्रिसमसको तयारी तीब्र गतिमा भइरहेको छ। यस्तो बेलामा ब्रुनाईका सुल्तान हसनल बोल्कियाले आफ्नो देशमा क्रिसमस मनाउनेलाई सजाय दिने घोषणा गरेका छन्।

उनको घोषणा अनुसार अब कसैले पनि ब्रुनाईमा क्रिसमस बनाए पाँचवर्षसम्म जेल सजाय हुनेछ। ब्रुनाई मुस्लिम देश हो। ‘कसैले क्रिसमसमा बधाइ दिएको मात्र पाइएयो वा क्रिसमसको झल्को दिने टोपी लगाइएको पाइएमा जेल सजाय भोग्नुपर्नेछ,’ सुल्तानले भने।

गैर मुस्लिम समुदायलाई क्रिसमस बनाउने अनुमति दिइएको छ । तर, ती समुदायलाई बाहिर क्रिसमस मनाउनु परे प्रशासनको अनुमित लिनुपर्ने व्यवस्था गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। गैर मुस्लिम समुदायले क्रिसमसको उत्सवमा मुसलमानलाई सहभागी गराए उनीहरुमाथि पनि कारवाही गरिने सुल्तानले चेतानवी दिएका नागरिक दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts