Saturday, December 19, 2015

मधेशी मोर्चा फकाउदै कांग्रेसले भन्यो-‘संशोधन विधेयकको भाषा सुधार्न तयार छौं’

काठमाडौं,पुष ४ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेशको सीमांकन हेरफेरको विषय राजनीतिक सहमतिका आधारमा टुंग्याउन आफू तयार रहेको भन्दै संसद्मा पेश भएको संविधान संशोधन विधेयक पारित गर्नका लागि सहयोग गर्न संयुक्त लोकतान्त्रिक मोर्चालाई आग्रह गरेको छ।

काँग्रेसले शनिबार मोर्चाका नेताहरुसँगको वार्तामा सीमांकनको विषय टुंग्याएर संविधान संशोधन गर्नुपर्ने मोर्चाको मागमा आफ्नो सैद्धान्तिक सहमति रहेको भन्दै विधेयक पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेको हो । काँग्रेस सभापति सुशिल कोइरालाको निवासमा भएको द्विपक्षीय वार्तामा काँग्रेसका नेताहरुले मोर्चाको सुझाव अनुसार विधेयकको भाषा सुधारका लागि समेत आफूहरु तयार रहेको बताएका छन्।

मोर्चाका नेताहरुले भने समानुपातिक/समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण भन्दा पनि प्रदेशको सीमांकन हेरफेर आफूहरुको मुख्य माग भएकाले त्यो विषय पनि अहिले नै टुंग्याएर संविधान संशोधन गर्दा कसैले पनि नहार्ने अवस्था निर्माण हुने बताए । कोइराला निवासको वार्तामा मोर्चाका ११ वटै मागका विषयमा छलफल भएको थियो। ठोस निष्कर्षमा नपुगेपनि वार्ता निकै सकारात्मक भएको दुवै पक्षका नेताहरुले बताएका छन्।

काँग्रेसले आफू मोर्चालाई वाइपास गरेर संविधान संशोधन विधेयक पारित गर्ने पक्षमा नरहेको भन्दै पुस ८ गतेसम्ममा सहमतिको प्रयास गर्ने बताएको छ । संविधान संशोधन विधेयकमाथि छलफलका लागि पुस ८ गते संसद् बैठक बोलाइएको छ ।
-सेतोपाटी

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts