काठमाडौं, पुष ४ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी खुल्यो भनेर एक पटक भन्दिए नाकाबन्दी खुल्ने बताएका छन् । नयाँ पत्रिकासँगको कुराकानीमा उपाध्यायले भने-‘मोदीजीले नै एक पटक बोलेर यो मामिला समाधान भयो भनिदिनुपर्छ । म उहाँलाई भेटेर कुारकानी गर्ने पक्षमा छु, म प्रतीपक्षमा छु ।’
सार्थक परिणाम नभएकाले प्रधानमन्त्री तहमा कुराकानी गर्न गाह्रो रहेको भन्दै उपाध्यायले भने-‘अहिले नेपाल र भारतका प्रधानमन्त्रीको तहमा कुराकानी गर्न पनि गाह्रो अवस्था छ, किनभने सार्थक परिणाम आएको छैन् । परिणामबिहीन वार्ताको बीचमा के गर्ने भन्नेमा प्रधानमन्त्री मोदीजी बच्न खोज्नुभएको हो कि भन्ने मैले बुझेको छु ।’
उपाध्यायले नाकाबन्दी कहिले खुल्ने भनेर दिन तोक्न नसकेपनि समाधानका लागि प्रक्रिया सुरु भएको बताए । नेपाल र भारत दुवैले महसुस गरेको भन्दै उनले भने ‘हामीले नेपालभित्र आन्तरिक समस्या जति छिटो समाधानका लागि पहल गछौं, भारतबाट त्यति नै छिटो अवरोध हट्ने कुरामा म विश्वस्त छु ।’
Friday, December 18, 2015
मोदीजीले बोलिदिए मात्र नाकाबन्दी खुल्छः राजदूत दीपकुमार
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
No comments:
Post a Comment