काठमाडौं, मंसिर २६ । भारतबाट फर्केपछि नेपालका लागि भारतीय राजदूत रन्जीत रेले आज लन्चको लैनचौर बोलाएका छन्। सत्तारुढ एमाले, एमाओवादी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित मधेसवादी दलका सांसद्लाई रेले लन्चको लागि निम्तो दिएका हुन् ।
भारतीय नाकाबन्दीका कारण राष्ट्रियता र सार्वभौमिकताका बारेमा जनताले लिएको अडान र दुःख खेपिरहेका बेला सांसदहरु भने भारतीय राजदूत रञ्जित रेले आयोजना गरेको भोजमा सहभागी भएका छन् । लन्चमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, अमरेशकुमार सिंह, आनन्द ढुंगानालगायतलाई बोलाइएको छ। यसैगरी एमालेका सुरेन्द्र पाण्डे, राप्रपाका विक्रम पाण्डे र राप्रपा नेपालका दिलनाथ गिरीलाई पनि निम्त्याइएको छ। कुनै पनि अवसरबिना राजदूतले दिएको लन्च निम्तोलाई स्वीकार्दै सांसदहरु पुगेको घटनालाई निकै महत्वको साथ हेरिएको छ ।
No comments:
Post a Comment