Wednesday, December 16, 2015

रक व्याण्ड द भाइब्ज व्याण्डको ‘निर्मोही’ को म्युजिक भिडियो सार्वजनिक

नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले गत बैशाख १२ गते गएको महाभूकम्पको समयमा खिचेको आफ्नो पछिल्लो म्युजिक भिडियो सार्वजनिक गरेको छ । नेपालदेखि अमेरिकासम्म उत्तीकै चर्चामा रहेको व्याण्डले आप्mनो दोस्रो एलबम को हुँ म मा रहेको निर्मोही बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो। व्याण्डको यो भिडियोको छायांकन त्यस दिन गरिएको थियो, जुन नेपालमा प्रलयकारी महाभूकम्प गएको थियो। गत बैशाख १२ गते म्युजिक भिडियो निर्देशक दीपक बमजनको नेतृत्वमा चोभार डांडामा सुटिङको तयारी गरिइरहँदा भयावह भूकम्प गएको थियो।

भूकम्पका बेला युनिट चोभार डांडामा लोकेशन तय गर्दै थियो भने मोडलहरु सुटिङस्थलमा पुग्नका लागि मोटरसमाइकलमा यात्रा गरिरहेका थिए। भूकम्प गएपछि पनि युनिट केही दृश्यको सुटिङ गरेर मात्र फर्किएको थियो।

सार्वजनिक भिडियोको गीत व्याण्डका भोकलिष्ट प्रइन सिंहले गाएका हुन् भने यसमा कम्पोज शरद युवराज सिंहको रहेको छ। भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक दीपक बमजनकै छ।

स्तरिय रक गीत संगीतका लागि नेपालदेखि अमेरिकासम्म उत्तीकै ख्याति कमाएको द भाइब्ज व्याण्डको यो गीतको भिडियोमा प्रकाश, अञ्जना, अमृतलगायतले मोडलिङ गरेका छन्। भिडियो नेपाली शैलीमा निर्माण गरिएको छ। आप्mना सबै भिडियो अमेरिकामा छायांकन गर्दै आएको व्याण्डले दोस्रोपटक सम्पूर्ण भिडियो नेपालकै विभिन्न स्थलमा छायांकन गरेको छ।

अमेरिकामा रहेका उत्साहित सांगितीक युवाहरुले सञ्चालन गरेको द भाइब्जले व्याण्ड गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो। पहिलो एलबमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कु¥यो र २ वर्षअघि सन् २०१३ मा दोस्रो एलबम को हुँ म बजारमा ल्यायो।

पहिलो एलबम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए। व्याण्डका यी तीन युवा अहिले नेपालदेखि अमेरिकाका विभिन्न प्रतिष्ठित क्षेत्रमा संलग्न छन्। व्याण्डका ड्रमर कामना न्यूज पब्लिकेसन्स्का सिइओ छन् भने भोकलिष्ट प्रइन सिंह अमेरिकाको क्लालिफोर्नियास्थित हटमेल डट कममा इन्जिनियर छन्। त्यसैगरी गितारिष्ट रुपक लामा उत्तरी क्यालिफोर्नियाको रेष्टुराँ उद्यमीका रुपमा स्थापित छन्।
व्याण्डले यसअघि आप्mना दुई एलबममा रहेका खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्पmत समेत ख्याति आर्जन गरिसकेको छ। ‘बजारमा थोरै गीत संगीत र म्युजिक भिडियो ल्याउने तर स्रोता र दर्शकको मनमा बसिरहने चाहना हाम्रो व्याण्डको हो’ व्याण्डका ड्रमर दिरेकललाल श्रेष्ठ भन्छन् ‘हाम्रो यो निती र चाहना नै अहिले परिचय बनेको छ।’ त्यसै गरी व्याण्डमा भोकलिष्ट प्रइन सिंह व्याण्ड सुष्तरी अघि बढने तर लामो रेशको घोडा बन्ने बताउँछन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts