Wednesday, December 16, 2015

पुननिर्माण विधेयक सर्वसम्मतले पारित

काठमाडौं,पुष १ । मधेसी मोर्चाले बुधबारको बैठकलाई बहिष्कार गरेको छ। आफूहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश गरेको भन्दै मोर्चाले बैठक बहिस्कार गरेको हो । संसदको बुधबारको बैठक सुरु हुनासाथ सद्भावना पार्टीका लक्ष्मण लाल कर्णले समय लिँदै मोर्चाले गरेको नाराबाजीका बीच गत मंगलबार विधेयक पेश भएको भन्दै विरोध जनाएका थिए । ‘सरकारले जे भन्छ, त्यही गर्ने हो भने रुलिङ गर्नुस्, ‘ठूलो पार्टीको मात्र संसद हो, सानो पार्टीको कुनै अर्थ छैन भनेर रुलिङ गर्नुपर्‍यो । होइन भने सच्याउनुपर्छ ।’ उनले भने ।

यसैबीच गत मंगलबार दर्ता भएको संविधान संशोधन विधेयक र पुनर्निर्माणव्यवस्थापिका संसदले भूकम्पबाट प्रभावित संरचनाको पुनिनर्माणसम्बन्धी विधेयक संशोधन सहित पारित गरेको छ। आज बसेको संसद बैठकले विधेयक सर्वसम्मतले पारित गरेको हो। मधेसी मोर्चाका सभासदले विधेयकमा समर्थन गर्दै बैठक बहिष्कार गरेपछि बाँकी सभासदहरुले सर्वसम्मतले उक्त विधेयक पारित गरेका हुन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts