Wednesday, December 16, 2015

नेपालीले दुवईमा जिते बीएमडब्लु कार उपहार

दुबई । भाग्यमा छ भन्दैमा सुतीसुती खान पुग्दैन् । तर, जब पसिना बगाउँदा बगाउँदै जीवनमै नसोचेको ठूलै उपलब्धि हात लाग्छ तव भन्न कर लाग्छ, भाग्यमा लेखेर अाएपछि कसैको केही लाग्दैन् ।
यस्तै भयो दुबर्इमा कार्यरत एक धराने युवकलार्इ । धरान-१६ बाँझोघराका दिपक बर्देवाले पाँच वर्ष दुबईको एक कम्पनीमा काम गर्दा पनि आफ्नो आर्थिक स्थिति उकास्न सकेका थिएनन् । उनै बर्देवाले दुबईको अल मदिना सुपरमार्केटमा सपिङ गरेको ६ सय ५० दिराम्सको भौचरले करिब ३४ लाख नेपाली रुपैयाँ बराबरको बीएमडब्लु कार प्राप्त गरेका छन् ।

छुटीमा घर जाने साथीको साथमा पठाउन भनी उनले केही महिनाअघि मोबाइल, चक्लेट र केही उपहारहरु खरिद गरेका थिए । त्यो सपिङले नै उनको भाग्य चम्काइदियो । दुबईको हाइपरमार्केटको दुनियाँमा चर्चित अल मदिनाले आफ्ना ग्राहकलाई १२ वटा बीएमडब्लु लक्की ड्रमा राखेकोमा पहिलो चरणमा दुई पाकिस्तानी, एक भारतीय नागरिकसँगै दिपक बर्देवाले पनि उपहार प्राप्त गरेका हुन् ।

उपहार पाएपछि दिपकले खुसी प्रकट गर्दै सबै नेपालीहरुलाई निरन्तर प्रयास गरिरहन सुझाव दिएका छन् । उनले पनि विगत पाँच वर्षदेखि हरेक मार्केटको उपहार कार्यक्रममा सहभागी भएको बताए ।
यहाँका अघिकांश सुपरमार्केटहरुले आफ्ना ग्राहकहरुलाई आकषिर्त गर्न लाखौंको आर्थिक पुरस्कार, एक केजीदेखि ५ केजी सुन र विभिन्न ब्रान्डका गाडीहरु लक्की ड्रमा राखेको पाइन्छ । निश्चित रकमको सपिङ गरेपछि जोकोहीले आफ्नो वास्तविक नाम, राष्ट्रियता, स्थान र आफ्नै नाममा जारी भएको मोबाइल नम्बरका साथ निःशुल्क सहभागी हुन सकिन्छ ।
-http://ift.tt/1nDNv8h

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts