Tuesday, December 15, 2015

‘कस्तो छल गर्‍यौं तिमीले’ (भिडियो सहित)

काठमाडौं । गायक रवि सुबेदीको ‘कस्तो छल गर्‍यौं तिमीले’बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सरोज श्रेष्ठ निर्देशित यो गीतको भिडियोमा गायक स्वयम् देखिएका छन् । सुरेन्द्र श्रेष्ठको शब्द, संगीत तथा संगीत संयोजन रहेको यो गीतमा अनु, अनिता लगायतका कलाकारले पनि अभिनय गरेका छन् । गीतको कथा सार यस्तो छस् आफ्नै अफिसमा काम गर्न आएकी एक यूवतीप्रति आकर्षित भएका रवि कल्पनै कल्पनामा युवतीलाई आफ्नो बनाउँछन् । तर, उनले अत्याधिक चाहेकी युवती पहिलानै विवाहिता रहेको रहस्य उद्घाटन गरेर रविको प्रेमको अन्त्य गरिएको छ ।

ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गरेका छन् । रविको काल्पनिक प्रेमको वरिपरी रहेर अनु, अनिता लगायतका कलाकारले अभिनय गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts