Tuesday, December 22, 2015

मधेसमा आगो दन्काएर मधेसी नेता राजधानीमा सेकुवा र भोड्कासँग रम्दै

काठमाडौं, पुष ८ । तराईमा शीतलहरले आन्दोलनकारी र जनताले ज्यान गुमाउँदै गरेको बेला राजधानीमा भने मधेस आन्दोलनका नेता सम्साँझै भोड्का र सेकुवाको परिकारले ज्यान तताईरहेका छन् । मधेसका माग र आन्दोलनबारे परराष्ट्र मन्त्रालयमा छलफल लगत्तै मेधसी नेता मंगलबार साँझ राजधानीको चलेको एउटा सेकुवा कर्नरमा पुगे ।

भोड्का र सेकुवाबाट सुरु गरेका उनीहरुको जिउ तताउने क्रम थप भोड्काका बोतल र त्यहा पाइने स्वादिष्ट परिकारसम्म पुगेर टुंगियो । अनामनगरको हनुमानमन्दिर छेउ रहेको भेटघाट चितवन तासघरमा राजधानीका अग्ला घरमा घाम देखिँदै गर्दा छिरेका उनीहरु सात बजेमात्र बाहिरिए । दिउँसो ४ बजे परराष्ट्रमा पुगेका उनीहरु त्यहाँबाट सोझै सेकुकवा कर्नरमा पुगेका हुन् ।

उनीहरुको पहिलो अर्डर नै सेकुवा र फुल भोड्काको बोतल थियो । मधेसी मोर्चाका तर्फबाट वार्ताका लागि परराष्ट्रमा पुगेका लक्ष्मणलाल कर्ण, सर्वेन्द्रथान शुक्ला, लालबाबु राउत, महेन्द्रराय यादवको पार्टीका वरिष्ठ उपाध्यक्ष रामनरेश यादव र सद्भावना महासचिव मनीष सुमन सेकुवा कर्नरमा पुगेका हुन् ।
-जनआस्था साप्ताहिकबाट

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts