काठमाडौं, पुष ८ । ११ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैछ । भारतको केरलामा बुधवारबाट सुरु हुन लागेको साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले श्रीलंकाको सामना गदैछ । नेपाल र श्रीलंकाबीचको खेलमा केरलाको त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार बेलुका पौने सात बजे हुनेछ । नेपाल र श्रीलंका अहिलेसम्म १५ पटक भिडेका छन् ।
जसमा नेपाल पाँच खेलमा विजयी भएको छ भने आठ खेल बराबरी र दुई खेलमा नेपाल पराजित भएको छ । फिफा बरियतामा श्रीलंका भन्दा दुई स्थानमात्रै माथि छ । नेपाल एक सय ९२ औँ र श्रीलंका एक सय ९४ औँ स्थानमा छ । सार्कका ८ मध्ये सात देशको सहभागिता रहेको प्रतिस्पर्धामा दुई समुह बनाइएको छ ।
समुह ए मा नेपालसहित आयोजक भारत र श्रीलंका छन् । पाकिस्तानले प्रतियोगितामा भाग नलिने भएपछि समुह ए मा तीन टोली मात्र भएका हुन् । समुह बी मा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
No comments:
Post a Comment