Tuesday, December 22, 2015

यस्तो चिसोमा ‘मर्निङ वाक’ घातक हुन सक्छ, कारण पढ्नुहोस्

काठमाडौं, पुष ८ । चिकित्सकहरूले सबेरैको चिसोमा ‘मर्निङ वाक’ गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट बच्न सुझाएका छन् । घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरूको भनाइ छ । बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षाघातलगायतको जोखिम बढी हुने भएकाले कुहिरो वा घाम उदाउनुअघि ‘मर्निङ वाक’ नगर्न उनीहरूले सचेत गराएका हुन् ।

चिसो बढिरहेकाले जाडोबाट बच्न विशेष सावधानी अपनाउन पनि उनीहरूले आग्रह गरेका छन् । चिसो पक्षाघात (प्यारालाइसिस) रोगसमेत बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तले बताए । अस्पतालको आईसियू र वार्डहरू पक्षाघात (स्ट्रोक) का बिरामी बढेको उनले जनाए । ‘दिनहुँ मष्तिस्कको शल्यक्रियाको चाप बढेको छ, अहिले तापक्रम शून्यमा पुग्दा उत्कर्षमा पुगेको छ,’ उनले भने, ‘चिसोसँगै रक्तचाप बढ्छ, नियन्त्रण नभए पक्षाघातको समस्या देखिन्छ ।’
-कान्तिपुर देनिकबाट

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts