काठमाडौं, पुष ८ । यो भारतको आदेश कति दिन मान्ने ? लोकमान को हो ? राजा हो ? ऊ सुपर क्याबिनेट र हामीचाहिँ मिनी क्याबिनेट हो ? सार्वभौम राष्ट्र होइनौँ हामी ? सबैतिर अस्तव्यस्त बनाएर अर्को खिलराज जन्माउने तयारी हुँदैछ यहाँ ।’ बिहीबार राति बालुवाटार पुगेका प्रचण्ड आधा घण्टासम्म पहिलो तलामा प्रधानमन्त्रीसँग यसरी पड्किए । भन्दै थिए,‘ लोकमानले भारतको आदेशअनुसार निर्णय गर्ने अनि हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने ? लौ, त्यसको पत्रलाई पाँच दिन थन्क्याऊँ र एक हप्तासम्म केही निर्णय नगरी बसौँ ।’ एकछिनपछि त्यहाँ झुल्किएका सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई, ‘मेरो पिएमसँग कुरा भइसक्यो, अब तपाईँ आफ्नो भनाइ राख्नुस्,’ भन्दै प्रचण्ड त्यहाँबाट निस्किएका थिए ।
संयोगवश त्यही दिन अख्तियारले भ्रष्टाचारको अभियोगमा कोषराजलाई कारबाही गर्न सरकारलाई पत्र पठाइएको थियो । त्यही विषयमा छलफल गर्न दुई कम्युनिस्ट घटकका अध्यक्षहरू जुटेका हुन् । गृहमन्त्री शक्ति बस्नेतकै सामु प्रचण्डले केपी ओलीलाई गरेको ब्रिफिङअनुसार मधेस आन्दोलन चर्किएको यही मौका छोपेर फौजको मनोबल गिराउने र बाबुराम या लोकमानलाई सत्तामा हावी गराउने दक्षिणी ग्रान्ड डिजाइनअन्तर्गत हठात निर्णय गरिएको हो ।
-जनआस्था साप्ताहिकबाट
Tuesday, December 22, 2015
‘यो भारतको आदेश कति मान्ने ? लोकमान को हो ? राजा हो ?’ भन्दै प्रचण्ड पड्किए पछि…
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment