काठमाडौं, पुष ८ । राजनीतिकर्मी, व्यवसायी र प्रशासक गरी २९ जना को सम्पत्ति छानविन अघि बढाएपछि चर्चामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्षपातको गन्ध नआउने गरी दोस्रो चरणको सूची तय गरेको छ । स्रोतका अनुसार पहिलो चरणमा ती मध्ये पाँच जनामाथि मुद्धा दायर गरेपछि दोस्रो चरणको सूचीमा छानविन गर्ने योजना बनेको छ ।
राजनीतिक र प्रशासननिक उच्च पदमा पुगेकामध्ये १ सय २९ जनाको नाम छानविनको लागि तय भएकोमा २९ जनालाई मात्रै उपस्थित हुन पत्र काटिएको थियो । ती सबैले आयोगमा उपस्थित भएर आफ्नो सम्पत्ति विवरण बुझाउन १३ पृष्ठ लामो विवरण फर्म बुझिसकेका छन् । र आउँदो एकसाताभित्र विवरण बुझाउनेछन् । स्रोतले भन्यो,‘त्यसपछि क–कसमाथि छानविन गर्ने र क–कसको फाइल टुंग्याउने भन्ने तय हुन्छ ।’
यसबीचमा स–साना विषयमा छानविन गरे पनि धेरैले अपेक्षा गरेको सम्पत्ति छानविनको विषयमा चाहिँ आयोग किन मौन बसेका थियो त ? उच्च स्रोतले भन्यो,‘संविधान बनेको थिएन । त्यस्तो बेलामा ध्यान अन्यत्र मोडिन सक्थ्यो । लोकमानले विथोले भन्ने आरोप लाग्न सक्थ्यो । त्यही भएर ठूलामाथि छानविन नभएको हो । ’ तर आयोग चुप लागेर नबसेको स्रोत बताउँछ । उच्च स्रोतका अनुसार सरकारी ओहदामा पुगेका राजनीतिकर्मी, कर्मचारी लगायतको एक हजार जनाको विवरण आयोगले तयार पारेको छ । भैरवप्रसाद लम्साल आयोगको प्रतिवेदनलाई पनि आधार बनाइएको छ।
-बुधबार साप्ताहिकबाट
No comments:
Post a Comment