काठमाडौं,मंसिर २४ । भारतमा दुई सातापछि सञ्चालन हुने साफ च्याम्पियनसिप फुटबलमा चोटका कारण नेपालका तीनजना खेलाडी खेल्न नसक्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनोट गरेको २७ खेलाडीमध्ये चोटका कारण साफ गुमाउनेका टोलीका चर्चित स्ट्राइकर भरत खवाससहित मिडफिल्डर शिव श्रेष्ठ र रक्षक देवेन्द्र तामाङ चोटका कारण खेल्न नसक्ने भएका हुन्। साफका लागि एन्फाले २४ खेलाडीबाट अन्तिम २० खेलाडीको छनोट अर्को साता गर्ने जनाएको छ। नेपाली टोली एक साताअघि भारत जाने तयारीमा छ। साफ च्याम्पियनसिप भारतको केरलामा डिसेम्बर २३ देखि जनवरी ३ सम्म आोजना हुँदैछ।
च्याम्पियनसिपमा नेपाल समूह ुएु मा परेको छ। उक्त समूहमा नेपालसँगै भारत, श्रीलंका छन्। पाकिस्तानले सहभागी नहुने निर्णय गरेपछि समूह ुएुमा तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ। समूह ुबीुबाट भने बंगलादेश, माल्दिभ्स, साबिक विजेता अफगानिस्तान र भुटानले प्रतिस्पर्धा गर्नेछन्।
समूहका शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले समूहको पहिलो खेल डिसेम्बर २३ मा श्रीलंकासँग खेल्ने अन्नपूर्ण पोष्टमा समाचार छ । खेलतालिकामा नेपालको दोस्रो खेल डिसेम्बर २५ मा पाकिस्तानसँग परेको थियो। नेपालले समूहको अन्तिम खेल भने २७ तारिखमा भारतसँग खेल्नेछ।
No comments:
Post a Comment