काठमाडौं,मंसिर २४ । पितृको मोक्ष र उद्धारका लागि बिहीबार बिहान देशभरका शिवालय वरिपरी सतबीज छरेर बाला चतुर्दशी मनाईएको छ । मंसिर कृष्ण चतुर्दशीका दिन आफ्नो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबिज शिवालयवरिपरि छर्ने चलन छ ।
यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । बालासुर राक्षसको नामबाट आएको चतुर्दशीमा शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।शतबिज छर्नाले मृतात्माले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप कर्म नाश हुने विश्वास रहिआएको छ । शतबिजको एक गेडा अन्न छर्नाले सुन दान गरेबराबरको फलसमेत प्राप्त हुने फल मिल्ने कथन छ ।
मंसिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट शतबिज छर्ने बेलासम्म पितृका नाममा बत्ती बाल्ने गरिन्छ । अघिल्लो दिन दियो, कलश, गणेश थापी दिवंगत आफन्तको नाम गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ । पशुपतिनाथको मन्दिर क्षेत्रमा रहेका ११८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट गुहेश्वरी पशुपति मृगस्थलीलगायतका ठाउँमा श्रद्धालु भक्तजनको अघिल्लो दिन साँझदेखि नै भीड लागेको छ ।
पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीका लागि विशेष प्रबन्धसमेत मिलाएको छ । पाशुपत क्षेत्रमा शिवरात्रि र हरितालिका तीजपछि भक्तजनको विशेष घुइ“चो लाग्ने दिनका रूपमा बालाचतुर्दशीलाई लिइन्छ ।
No comments:
Post a Comment