काठमाडौं,मंसिर २५ । एभरेष्ट र सुगम कम्पनीको ग्याँस लुकाई राख्ने काठमाडौँ महानगरपालिका–३४ नयाँबानेश्वर बलभद्र मार्ग स्थित राजु एण्ड दाजु ग्याँस स्टोरको संचालक नुवाकोट चारघरे–४ घर भएका राजकुमार भट्टलाई प्रहरीले २२ थान ग्याँस सिलिण्डर सहित पक्राउ गरेको छ ।
भट्टले डेरा कोठामा बिभिन्न ग्याँस लुकाई राखेको भन्ने सुचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बानेश्वर र बाणिज्य विभागको संयुक्त टोलीले विहिबार कोठा खानतलासी गर्दा १ थान एभरेष्ट कम्पनीको भरी ग्याँस सिलिण्डर र २१ थान सुगम कम्पनीका आधा सिलिण्डर लुकाई राखेको अवस्थामा फेला पारेको थियो ।
No comments:
Post a Comment