काठमाडौं,मंसिर २७ । नेपालका जेठा कम्युनिष्ट नेता खगुलाल गुरुङलाई आज काठमाडौमा सार्वजनिक अभिनन्दन गरिने भएको छ । गुरुङलाईसबै वामपन्थी दलहरुले सामूहिक रुपमा सार्वजनिक अभिनन्दन गर्न लागेका हुन् । विसं २००७ सालको राणाविरोधी आन्दोलनका स्वतन्त्रता सेनानी ९८ वर्षका नेता गुरुङ विसं २०१० मा नेपाल कम्युनिष्ट पार्टी प्युठानका संस्थापक सदस्य हुनुहुन्छ ।
उहाँ २०१५ सालको आम निर्वाचनमा ८३ नम्बर निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएको थियो । नेता गुरुङलाई पर्यटन बोर्डको सभाहलमा आज दिउँसो विशेष कार्यक्रम गरी अभिनन्दन गरिनेछ । नेता गुरुङलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओावादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा–माआवादीका अध्यक्ष मोहन वैद्य किरण सहित सबै वामपन्थी पार्टीका प्रमुख नेताले सामूहिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment