Saturday, December 12, 2015

प्रमुखदल र मधेसी मोर्चाबीच आजपनि वार्ता हुदै

काठमाडौं,मंसिर २७ । प्रमुख तीनदल र तराईमा आन्दोलनरत मधेसीमोर्चाबीच आजपनि त्रिपक्षिय वार्ता हुदैछ । भारतको नाकाबन्दीका कारण उत्पन्न समस्या समाधानको लागि छलफल गर्न प्रधानमन्त्री कार्यालय सिंहदवारमा साढे १ बजे त्रिपक्षीय वार्ता बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिउँसो साढे १ बजे सिंहदरबारमा वार्ता हुने बताएका छन्। यसअघि पटक पटक भएको वार्ता विनानिष्कर्ष सकिएको थियो ।

बैठकमा ११ बुँदे मागबारे प्याकेजमा सहमति गर्नु पर्ने मधेसी मोर्चाको मागबारे छलफल हुनेछ । यसअघि आन्दोलनरत मधेसी मोर्चाले संसदमा पुनर्निर्माणसम्बन्धी विधेयक पेस गर्न दिने सहमति गरेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन विधेयक पनि अगाडि बढाउनु पर्ने माग राखेपछि शुक्रबारको संसद बैठक बस्न सकेको थिएन।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts