Monday, December 7, 2015

महतो भन्छन् -‘भारतले भन्दैमा नाकाबन्दी खोल्दैनौ’

काठमाडौं,मंसिर २१ । नयाँ दिल्ली भ्रमणमा रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भन्दैमा नेपालमा मधेसी मोर्चाले गर्दै आएको नाकाबन्दी नखोल्ने स्पष्ट पारेका छन । उनले सीमांकन टुङ्गो नलाग्दासम्म नाकाबन्दी नखोल्ने स्पष्ट पार्दै झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने अडान ब्यक्त गरे ।

महतोले तीन दलले भने जस्तो संसदीय वा राजनीतिक समिति गठन गरेर सीमांकनको विवाद टुङग्याउने कुरा आफुहरुलाई मान्य नभएको स्पष्ट पार्दै अघिल्लो सरकारले दर्ता गराएको संविधान संसोधन विद्येयक काम नलाग्ने दावी गरे । उनले भारतले नेपालको समस्यामा सहजीकरण गरेर अगाडि बढ्न मात्रै सुझाव दिएको नाका खोल्न भनेर नभनेको भन्दै भारतले भन्दैमा खुल्दा पनि नखुल्ने स्पष्ट पारे । महतोले भ्रमणमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नाकाबन्दीको विषयमा सोधेको र आफूले भारतले नभई मधेसीले नाकाबन्दी गरेको स्पष्ट पारेको जानकारी दिदै मधेसको माग पुरा नभएसम्म आन्दोलनबाट ब्याक नहुने बताए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले नेपालको विषयलाई लिएर भारतमा राज्य सभाको बैठक अवरुद्ध नगर्न आफूहरुले भारतीय नेताहरुलाई आग्रह गरेको भन्दै हरेक आन्दोलन जस्तै मधेसको आन्दोलनमा भारतको समर्थन रहेको दावी गरे । महतोले भने,‘ मधेस भारतसँग जोडिएको छ ।

त्यसैले उनीहरुको समर्थन हुनु स्वभाविक हो । तर यहाँको समस्या हामी आफैले टुङग्याउने हो । दिल्लीलाई गलत सूचना दिइर्एको छ । हामीले विगतको सहमति कार्यान्वयन नभएर आन्दोलन गरेका हौ भनेर स्पष्ट पारेका छौ । शासकले हाम्रो आन्दोलन कमजोर बनाउन भारतले नाकाबन्दी गरेको भनेर हल्ला फैलाएको छ ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts