काठमाडौं,मंसिर २१ । भारतीय राष्ट्रिय कांग्रेसका नेता मणिशंकर ऐयरले दिल्लीमा ‘डेलिगेसन’ दिन आएका ५ मध्ये ३ जना नेता तराईको निर्वाचनमा हारेका नेता भएको भन्दै उनीहरुले मधेस आन्दोलनलाई उठाइरहेको बताएका छन् । आज राज्य सभामा भएको नेपालसम्बन्धी छलफलमा बोल्दै बोल्दै ऐयरले नाकाबन्दी लगाउने काम मोदी सरकारको रहेको संदेश नेपालीलाइ दिनुपने बताए । नेपालमा भारतीय नाकावन्दीको चर्को विरोध गर्दौ उनले नेपालमा सर्वादलीय ‘डेलिगेसन’ जानुको औचित्य नरहेको बताए।
उनले भने, ‘जनताले हराएका उनीहरुले कसरी मधेसीको प्रतिनिधित्व गर्न सक्छन् यो प्रश्न अहिले खडा भएको छ र? ’ नेपालको संविधानमा मधेस बाट चुनाव जितेका ११६ जना मध्ये १०५ जनाले संविधानको पक्षमा मत दिएको उल्लेख गर्दै ऐयरले भारतले आन्दोलनमा रहेका केवल ११ जनाको समर्थन गरेको बताए।
उनले ७ वर्षको संघर्षपछि बनेको संविधानलाई किन सबैले साथ नदिने? भन्ने प्रश्न गर्दै नेपालको सांसदले पास गरेर ल्याउको संविधान जसलाई जनताले छानेर पठाएका हुन् त्यसलाइृ सबैले साथ दिनपर्ने बताए । उनले भने, ‘के यसमा हस्तक्षेप गर्नु मानवीयता हो रु’
No comments:
Post a Comment