Monday, December 7, 2015

‘भारतले नेपालमाथि कहिल्लै हस्तक्षेप चाहदैन,चाडै समस्या समाधान हुन्छः स्वराज (भिडियो सहित)

काठमाडौं,मंसिर २१ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान गर्ने वातावरण बनेको दाबी गरेकी छन् ।नेपालमाथि भारतले लगाएको नाकाबन्दी र त्यसले नेपाल भारतको सम्बन्धबारे भारतको उपल्लो सदन राज्य सभामा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिदै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले उक्त कुरा बताएकी हुन् ।

नेपाल र भारतको भौगोलिक, ऐतिहास तथा आध्यात्मिक सम्बन्ध रहिआएको छ।’ नरेन्द्र मोदीले नेपालको संसदलाई बोलेको शब्द दोहोर्याउदै उनले भनिन, ‘भारत कहिल्यै स्वायत्त देशमा हस्तक्षेप गर्न चाहदैन।’ उनले नेपालको समस्या चाडै सामधान हुने बताईन । ‘हामी मानवताबाट गिरेको छैन, औषधीको लिस्ट पठाउनुहोस् म विमानबाट पठाइदिन्छु भनेर मैले नेपालमा चिठी पठाएको थिए’, उनले भनिन।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts