कवि न हाै
झुसे दाह्री पाल
समारोह दगुर
घरभरी दाेसल्ला थुपार
ताली खाउ
मिठै लाग्छ हाेला
बारि बाँझै भएर के भाे त
तिम्रा कवितामा
ढुङ्गामै गुलाब फूल्छ
चुल्हो चिसाे छ त केभाे
हिउँ न्यानाे लाग्छ हाेला
अब अाकासका तारा टिप
दिलकाे दुकान राख
बजारका तरूनीकाे
थाेपडा हेर
काेहीलाई जूनसगं मिलाउ
काेहिलाई फूलसगं मिलाउ
कस्का दाँत टल्किन्छन्
कस्का बैँस छल्किन्छन्
हिसाब राख
म त धर्मपत्नी न हुँ
बिहान गाेडामा ढाेगेकै छु
तिमिलाई त यसै पुग्छ
परेकाे मैले भाेगेकै छु
अन्न छैन
मुसाले समेत घर छाेडे
प्रिय पतिदेब
छैन के भन्नू
ग्याँस छैन बिधुत छैन
नुन छैन
अब एउटा काम गर
‘नाकाबन्दी र मेराे देशकाे स्वाभिमान’
शिर्षकमा
एउटा कबिता पस्क
एक थाल म खान्छु
दुई थाल तिमी खाउ
अनि सुताैला ।
No comments:
Post a Comment