Wednesday, December 9, 2015

मधेसी मोर्चाका नेता आज फर्किदै,फर्केपछि के होला ?

काठमाडौं,मंसिर २३ । आफुहरुको माग पुरा गराउन गुहार माग्दै भारतीय नेताको दैलो चहार्न गएका तराई केन्द्रि दलका नेता आज नेपाल फर्कने भएका छन् । तराईमा जारी हिंसात्मक प्रदर्शन आफुहरुको भएको दावी गर्दै भारतीय उक्साहटमा संविधानको बिरोध गर्दै आएको मधेश केन्द्रित दलका केही चारदिन अघि भारत गएका थिए । समस्या समाधानको उपाय खोज्न भन्दै भारत पुगेको मधेसी मोर्चाका शीर्ष नेताहरु आज फर्कन लागेका हुन् ।

भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन लागेका हुन् । भेटमा भारतीय पक्षले वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ । सरकारले अघि सारेको तीन बुँदे प्रस्तावमा केन्द्रित रहेर छलफल गर्न भारतीय पक्षले सुझाव दिएको छ । मोर्चाका नेताहरुले काठमाण्डु फर्किएपछि सरकारसँग वार्ता गर्ने बताएका छन् ।

आज काठमाडौं फर्किएपछि सम्भव भए आजै नभए भोलि वार्ता गर्ने दिल्लीमा पत्रकारहरुसँग बताएका छन् । सरकारले सीमांकनलाई पछि मिलाउने गरि तीन बुँदे प्रस्ताव अघि सारेको छ भने मोर्चाले सीमांकन पनि अहिले नै टुङ्गो लगाउनुपर्ने अडान राख्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts