Wednesday, December 9, 2015

‘एक मधेश एक प्रदेशको कडा प्रतिवाद गर्छौं’-गजुरेल

उदयपुर,मंसिर २३ । राष्ट्रिय स्वाधिनता विरुद्धको हस्तक्षेपकारी भूमिका भारतले खेलिरहेको नेकपा -क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सीपि गजुरेलले आरोप लगाएका छन् । नेकपा–माओवादी र नेकपा (एकिकृत) बिचको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रमको क्रममा उदयपुर आईपुगेको नेता गजुरेले यस्तो आरोप अगाएको हुन् ।

क्रान्तिकारी पत्रकार महासंघ उदयपुरले बुधवार गरेको एक पत्रकार भेट्घाट कार्यक्रममा बोल्दै नेता गजुरेलले नेपालका राजनैतिक दलहरुको गलत नितिको कारणले यो स्थिती देशले सामना गरिरहनु परेको भन्दै मधेसमा एक मधेस एक प्रदेश कुनै पनि हालतमा स्वीकार गर्न नसकिने दाबिसमेत गरे । चार मधेसी दलको माग नै समग्र मधेसी जनताको माग हो भन्ने भ्रम छ । तर, एक मधेस एक प्रदेशको विरुद्ध आफ्नो पार्टीले कडा प्रतिवाद गर्ने समेत उनले बताए ।
मधेसवादी दल भारत गएर भारतको आर्शिवादले देशले निकास नपाउने’ बताउदै नेता गजुरेलले भने ‘ओली नेतृत्वको सरकार भारतसँग झुकेर आत्मसमर्पण गर्दै देशमा निकास निकाल्ने खतरा रहेको औल्याए’ । प्रधानमन्त्री ओलीले भारतले के खोजेको छ भनेर भारतको माग पुरा गर्न लाग्न सक्ने तर्फ नेपाली सर्तक रहनु पर्नेमा उनको जोड थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts