काठमाडौं,मंसिर २९ । कर्मचारीहरु बढुवा परीक्षाका लागि बिदामा बसिदिँदा विभिन्न मन्त्रालयले पुनर्निर्माणका लागि राष्ट्रिय योजना आयोगसँग रकम माग गर्न सकेका छैनन् । भूकम्पपीडित परिवारलाई घर बनाउन अनुदानस्वरुप उपलब्ध गराइने रकम पनि सम्बन्धित मन्त्रालयले अझैसम्म माग नै नगरेको गोरखापत्रमा खबर छ ।
आयोगले पुनर्निर्माणसम्बन्धी बजेट मागका लागि दिएको समयसीमा एक साताअघि नै गुज्रिसकेको छ । बजेट मागका लागि चासो नदेखाएपछि आयोगका पदाधिकारीले पुनर्निर्माणसम्बन्धी कार्यक्रम पेस गरी निकासा लिएर जान दैनिक फोन गरी मन्त्रालयका पदाधिकारीहरुलाई बोलाउने गरेका छन् । तर, सम्बन्धित क्षेत्रका कर्मचारी बढुवाको परीक्षाका लागि तयारी गर्न अध्ययन र परीक्षा बिदामा बसेका कारण पुनर्निमार्णका साथै कार्यालयका दैनिक कामकाज पनि प्रभावित हुने गरेका छन् ।
Monday, December 14, 2015
कर्मचारी परीक्षा बिदामा बस्दा पुनर्निर्माण र कार्यालयका काम अलपत्र
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment