काठमाडौं,मंसिर २९ । भूकम्पपीडितका लागि राहत र प्रभावित क्षेत्र पुननिर्माण अघि बढाउन बनेको प्राधिकरण विधेयक रोकेकामा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । कांग्रेसले प्राधिकरण विधयेकसँगै आफ्नो नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधयेक पनि संसद्को कार्यसूचीमा राख्नुपर्ने भन्दै सदन अवरुद्द गर्दै आएको छ । यसले गर्दा प्राधिकरण विधयेक अघि बढ्न पाएको छैन । प्राधिकरण विधयेक नआउँदा भूकम्पपीडितहरुले राहत पाउन सकेका छैनन् । पुनर्निर्माणको काम पनि अघि बढ्न सकेको छैन ।
कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले प्राधिकरण विधयेक रोकिनु दुर्भाग्य भन्दै मंगलबारको संसद् बैठक अवरुद्द गर्न नहुने बताए । शीर्ष नेतृत्व भने पार्टीभित्रकै मधेसकेन्द्रित सांसद्हरुको दबाबमा परेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
No comments:
Post a Comment