Monday, December 14, 2015

इट्टाभट्टाको चिम्नी ढल्दा मृत्यु हुनेको संख्या ८ पुग्यो

सुनसरी, मंसिर २९ । सुनसरीको एकाम्बामा इँटा भट्टा भत्किदा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । १९ जना घाइते भएका छन । सोमबार साँझ न्यू नेपाल इँटा भट्टा भत्किएको थियो । दुर्घटनामा सातजनाको घटनास्थलमै र एकको उपचाकार क्रममा निधन भएको क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार चिम्नी भत्कादा पुरिएर भारत विहारका सदम हुसेन, १२ वर्षका राहुल मिया, १६ वर्षका सलुन मिया, ५० वर्षका गरिवलाल पासवान, २५ वर्षका मिथेलेस पासवान, इटहरी १६ की भगलीदेवी चौधरी, सोही ठाउका ३० वर्षका शिखनारायण चौधरी र विहार मस्थाप मियाको मृत्यु भएको छ । मियाको धरानस्थित वपिी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य सात जनाको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनामा परी घाइते सवैको धरानस्थत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचारभई रहेको रहेको प्रहरी जानकारी दिएको छ । चिम्नीमा दाउरा वाल्ने क्रममा एक्कासी भत्किएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts