Monday, December 14, 2015

तेल बुझ्न चीन जानेलाई दैनिक सय डलर भ्रमण खर्च !

काठमाडौं,मंसिर २९ । आयल निगमले विदेश जाने कर्मचारीलाई प्रतिव्यक्ति प्रतिदिन सय डलर खर्च दिने गरेको छ । चीन गएका तीनवटै टोलीको खर्च निगमले नै बेहोरेको छ । चीनका लागि नेपाली राजदूत डा. महेश मास्केको नेतृत्वमा पहिलोपटक चीन गएको सात सदस्यीय टोलीको खर्च झन् बढी थियो । निजामती कर्मचारीलाई प्रतिव्यक्ति प्रतिदिन १ सय ७५ डलर खर्च दिने प्रावधान निगमको विनियमावलीमा छ । त्यतिखेर राजदूतसहित ५ जना निजामती कर्मचारी थिए जसलाई दैनिक १ सय ७५ डलरका दरले खर्च रकम निगमले भुक्तानी गरेको छ ।

दोस्रोपटक निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल गएका थिए । उनीहरूले साताव्यापी भ्रमण गर्दा दैनिक १ सय डलरका दरले खर्च पाए । तेस्रोपटक चीन गएको टोलीमा भट्टराईसहित वाणिज्य मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठी छन् । भट्टराईले दैनिक १ सय डलरका दरले खर्च पाउनेछन् भने त्रिपाठीले १ सय ७५ डलरका दरले खर्च पाउनेछन् । यसमा हवाई टिकट खर्च जोडिँदैन । सरकारका औपचारिक भ्रमणमा विदेशस्थित निकायले नै खाने र बस्ने व्यवस्था गर्ने भएका कारण भ्रमण खर्च रकम कर्मचारीले जोगाउने गरेको स्रोतले बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts