Tuesday, December 1, 2015

प्रदर्शनमा आएको एक साता नपुग्दै ‘कबड्डी कबड्डी’ को कमाई दुई करोड

काठमाडौं । चलचित्र प्रदर्शनमा आएको एक साता नपुग्दै कबड्डी कबड्डी’ ले दुई करोडभन्दा बढीको व्यापार गरिसकेको निर्माण पक्षले जनाएको छ । करिब रु एक करोडको लगानीमा निर्माण भएको चलचित्र गत शुक्रवार देखि प्रदर्शनमा आएको थियो । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो दोस्रो चलचित्र हो । यसअघि उहाँकै निर्देशनमा बनेको ‘कबड्डी’ले पनि सफल चलचित्रको दर्जा पाएको थियो ।

उक्त चलचित्रले अघिल्लो वर्ष ‘उत्कृष्ट चलचित्र’को रुपमा राष्ट्रिय पुरस्कारसमेत पाएको थियो । ‘कबड्डी’ फिल्मको दोस्रो अध्यायको रुपमा आएको ‘कबड्डी कबड्डी’को विशेषता भनेको मौलिक कथा र स्थानीयता हो । यसमा मुस्ताङका थकाली समुदायमा रहेको मामाचेला÷फूपुचेलाबीच चल्ने बिहेवारीको कथा छ । ” सिनेमा आर्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् भने रौनकविक्रम कँडेल र सुनिलचन्द्र रौनियार यसका निर्माता हुन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts