Tuesday, December 1, 2015

मोर्चासँगको आजको त्रिपक्षीय वार्ता सफल नहुने संकेत

काठमाडौं,मंसिर १६ । सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने त्रिपक्षीय वार्ता सफल नहुने पक्का पक्की भएको छ । सोमबार भएको त्रिपक्षीय वार्ता तयारी नपुगेको भन्दै स्थगित भएपछि आज पुनः वार्ता बस्न लागेपनि मोर्चाका दोस्रो तहका नेता मात्रै उपस्थीत हुने भएकाले आजपनि वर्ता सफन नहुने संकेत देखिएको हो । धनुषामा आमसभालाई सम्बोधन गर्नु पर्ने भन्दै मोर्चाका शीर्षनेताले आफूहरु उपस्थित नहुने बताएको मोर्चाका एक नेताले जानकारी दिए ।

यसअघिपनि बालुवाटारमा दोस्रो तहका नेता वार्तामा बसिरहेका बेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नै निवास विराटनगरमा शिर्ष नेतालाई भेला गराई आन्दोलनलाई अझै कडा बनाउने तानावाना बुनिरहेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ६ बजे हुने वार्ताका लागि सत्तारुढ दल नेकपा एमाले, एकीकृत माओवादी तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हिजो आन्तरिक छलफल गरेका थिए । काँग्रेस, एमाले र एमाओवादीले हिजो आन्तरिक छलफल गरी मोर्चाको माग सम्बोधन गर्न अधिकतम लचकता अपनाउने निर्णय गरेका छन् ।

वार्ताका लागि सत्तारुढ दल नेकपा एमालेले हिमाल, पहाड र तराई छुट्टयाउनेबाहेक अन्य सबै मुद्दामा लचिलो हुने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको एमाले शीर्ष नेताहरुको बैठकले हदैसम्मको लचकताका साथग प्रस्तुत हुने निष्कर्ष निकालेको हो । यस्तै हिजै बसेको नेपाली काँग्रेसको पदाधिकारी बैठकले पनि सीमांकनमा मध्यमार्गी बाटो खोजेर वार्तालाई निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । सभापति सुशील कोइरालाको निवास महाराजगंजमा बसेको पदाधिकारी बैठकले सीमांकनमा बीचको बाटो अपनाउने निर्णय गरेको हो । काँग्रेसले यसअघि संसदमा पेस गरेको संविधानसम्बन्धी विधेयकलाई अघि बढाए धेरै समस्या समाधान हुने ठहरसमेत गरेको छ ।

यस्तै हिजैदेखि सुरु भएको एकीकृत माओवादीको केन्द्रीय समिति बैठकले पनि मधेसका मागमा लचिलो भएर प्रस्तुत हुने निष्कर्ष निकालेको छ । मधेस केन्द्रित दलहरुको माग वार्ता र संवादका माध्यममार्फत प्रदेशको सीमांकनमा परिमार्जन गरेरै भए पनि पुरा गर्नु पर्ने र भारतले लगाएको नाकाबन्दीका सन्दर्भमा कुटनीतिक पहलमार्फत समाधान खोज्नुपर्ने अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दस्ताबेजमा उल्लेख गर्नु भएको छ । यसैबीच, मधेसी मोर्चामा आवद्ध दलका अध्यक्षहरु आज ढल्केबरमा आयोजना गरेको आमसभामा सहभागि हुन जनकपुर पुगेका छन् । जसले गर्दा काठमाडौमा हुने त्रिपक्षिय वार्तामा दोस्रो तहका नेताहरुमात्रै सहभागि हुने भएकाले ठोस सहमति बन्ने आधार भने देखिएको छैन । (

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts