एजेन्सी,मंसिर १६ । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जकरबर्ग र उनकी श्रीमती प्रीसिला च्यानले फेसबुकमा रहेको आफ्नो शेयरको उन्नान्सय प्रतिशत असल कामका लागि दान दिने घोषणा गरेका छन्। आफ्नी छोरी जन्मेको सार्वजनिक गर्दै उत्तः घोषणा गरेका हुन् । जकरबर्गको फेसबुक पृष्ठमा राखिएको छोरी म्याक्सलाई लेखिएको चिठी मार्फत उक्त घोषणा गरिएको हो।
आफ्नो र फेसबुकको प्रमुख कार्यकारी अधिकृतको पेजमा पोष्ट गरिएको उक्त पत्रले ७ लाख ४७ हजार भन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ । उक्त पोष्टलाई सकिरादेखि आर्नोल्ड र मेलिन्डा गेट्स सम्मले लाइक गरेका छन् ।
उनीहरुले भनेका छन् -‘हाम्रो जीवनकालभरीमा हाम्रो त्यो सम्पत्ति चान जकरबर्ग इनिसियटिभ भन्ने कम्पनीलाई दान दिइनेछ किनभने हामी आफ्नी छोरी हुर्किने विश्व श्रेष्ठतम होस् भन्ने चाहन्छौं।
जकरबर्गका अनुसार अहिले शेयरको मूल्य ४५ अर्ब डलर छ।’
No comments:
Post a Comment