Saturday, December 5, 2015

भारतले किन बोलायो मोर्चाका नेतालाई ?

काठमाडौं,मंसिर २० । कूटनीतिक सूत्रहरूका अनुसार अहिलेकै अवस्था लम्बिए मधेस आन्दोलन मोर्चाको कमान्डभन्दा बाहिर जाने खतरा रहेको भारतको बुझाइ छ । ‘उनीहरू मोडरेट समूह हुन् जसको हातबाट तराईको राजनीति बाहिर गयो भने विखण्डनवादीहरूको हातमा जानेछ, पश्चिमाहरूको सहयोगमा सञ्चालित त्यो आन्दोलनले भारतको हितमाथि अर्को धावा बोल्नेछ,’ स्रोतले भन्यो, ‘भारतका लागि त्यो दोब्बर चिन्ता हुनेछ ।
त्यसकारण उनीहरूलाई वार्तामा बसाएर शान्तिपूर्ण समाधान खोज्न भारतले प्रोत्साहित गर्नेछ । त्यसकै लागि उनीहरूलाई बोलाइएको हो ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts