Saturday, December 5, 2015

दिल्लीले दिनसक्छ मोर्चालाई यी चार सुझाव

काठमाडौं,मंसिर २० । दिल्लीस्थित नेपाल मामिला जानकारहरूका अनुसार भारतले मधेसी दललाई सिमानाको अवरोध हटाएर आन्दोलनको स्वरूप बदल्न दबाबपूर्ण सुझाब दिनेछ । त्यसअघि नै भारतले उपप्रधानमन्त्री कमल थापामार्फत संविधान संशोधन विधेयक संसद्बाट यथाशीघ्र पारित गर्न सुझाब पठाएको छ । विधेयक पारित भइसकेपछि मोर्चालाई सीमाको अवरोध हटाउन थप दबाब दिने मुडमा दिल्ली छ । त्यस्तो भए नाकाबन्दीको दोषबाट मुक्त पनि हुने र नेपालसागको राजनीतिक इन्गेजमेन्ट सहज हुने उसको बुझाइ छ ।

नेपालका दल र मधेसी मोर्चा छलफलबाटै मधेसका जायज माग पूरा गरून् भन्ने भारत चाहन्छ । मधेसी दलहरूले एकीकृत नेपाल र संविधानको फ्रेमवर्कमा बसेर समस्याको समाधान गर्नेबाहेकका विकल्प भारतको हितमा नहुने उसको बुझाइ छ । यसबारे भारतीय संस्थापन पक्षले मोर्चाका नेताहरूलाई विस्तृत सुझाब दिनेछ ।

भारत मोर्चाको सहयोगले संविधान संशोधनको विधेयक पारित गर्ने वातावरण बनाउन चाहन्छ । र, लगत्तै नाकाबन्दी फिर्ता गर्ने उसको योजना छ । त्यसो हुादा सरकार, मधेसी मोर्चा र मधेसी दलहरूको ‘विनविन’ अवस्था हुने उसको ठहर छ ।

पूरै तराई दुई मधेस प्रदेश बनाएर अहिले नै सीमांकनको मामिला टुंगिन सम्भव नहुने भारतको निष्कर्ष छ । अहिले प्राप्त उपलब्धि उपभोग गर्दै बााकी विषयमा छलफल गर्दै जानुपर्ने सुझाब उसले मोर्चाका नेताहरूलाई दिने जानकारहरू बताउछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts