Saturday, December 5, 2015

मधेसी नेताहरु दिल्ली आउनु गलत, दिल्ली दौडाहाले अनर्थ लाग्न सक्छ :भट्टराई

काठमाडौं,मंसिर २० । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तीन महिनायता जारी मधेस आन्दोलनको निकास खोज्न र देशभित्र देखिएको संघीयताको समस्या सुल्झाउन नेताहरु दिल्ली आउनुलाई ‘गलत’ भन्दै यसले राजनीतिक दलप्रति नकारात्मक जनमत बन्न सक्ने बताएका छन् ।

‘नेपालको आन्तरिक समस्या नेपालभित्रै हल हुन सक्नुपर्दथ्यो,’ मुम्बईमा आयोजित विश्व बैंकको एक क्षेत्रीय समारोहमा सहभागी हुन आएका डा.भट्टराईले भने, ‘दिल्लीबाट सर्वदलीय राजनीतिक प्रतिनिधिमण्डल काठमाडौं जाने भनेर चर्चा भैरहेका बेला त्यही अवसरमा मधेसी नेताहरुले आफ्ना कुरा राख्न चाहेको भए हुन्थ्यो, दिल्ली दौडाहाले अनर्थ लाग्न सक्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

उनले बृहत शान्ति सम्झौतासहितमा रहेका सहमतिका बुँदाहरु कहिल्यै कार्यान्वयन नभएकै कारण मधेसी, जनजाति र थारु समुदायको समस्या बल्झिएको बताउँदै अन्तरिम संविधानमा रहेकै प्रावधान समेत अहिले हटाउनाले स्थिती ‘अप्रिय’ बनेको बताए । उनले राजनीतिक दलबीच सहमति भएबमोजिम ‘पहिचान र सामथ्र्य’को आधारलाई अहिले संघीयता मामलामा पन्छाउने काम गरिएको प्रतिक्रिया दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts