काठमाडौं,मंसिर २० । मधेसीमोर्चाको अवरोधको कारण व्यवस्थापिका संसदको बैठक आइतबार पनि स्थगित भएको छ। मोर्चाका मागहरु पुरा गर्न सरकार गम्भिर नभएको भन्दै आईतवारको वैठकमा नाराबाजी गरेपछि सोमवार सम्मको लागि वैठक स्थगित भएको हो ।
बैठकको सुरुमा सभामूख ओन्सरी घर्तीले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई समय दिएपनि उनी बैठकमा उपस्थित थिएनन्। बैठकमै उपस्थित नभएका व्यक्तिलाई समय उपलब्ध गराएपछि नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले विरोध जनाएका थिए। अर्को बैठक सोमबार ११ बजेका लागि बोलाइको छ।
No comments:
Post a Comment