स्पेन । रोजगारीको सिलसिलामा केहि महिना अघि मात्र साईप्रस आएका ३० बर्षिय कृष्णबहादुर घतानी मरणासन्य हुने गरी कुटिएका छन् । मकवानपुर जिल्ला स्थायी घर भएका घतानी कुटिए पछि उनको टाउकोमा गम्भिर चोट लागेको अस्पताल स्रोतले जनाएको छ । उनको स्थानीय अस्पतालको आकस्मिक कक्षमा उपाचार भईरहेको छ।
शनिबार घतानेलाई बस बिसौनीमा कुटेको आरोपमा एक २५ बर्षिय युवालाई प्रहरीले प्रकाउ गरेको साईप्रस स्थित स्थानीय मिडियाले जनाएका छन्। उनलाई कुटपिट गर्ने कुन मुलुकका हुन् रु एक्लै वा समुहमा मिलेर कुटपिट गरिएको थियो भन्ने बारे अहिले सम्म केहि खुलेको छैन ।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले घटना बारे आँफुहरुलाई बल्ल जानकारी प्राप्त भएको बताए। मल्लले अनलाईनखबरलाई भने,”कसरी यस्तो भयो हामीले बुझ्दै छौ, पिडितको अबस्था गम्भिर छ भन्ने प्रारम्भिक जानकारी आएको छ “
एनआरएन साईप्रस, महिला फोरम संयोजक याङजिन लामा ९यानकी ह्योलोमो० ले केहि समय अगाडि पीडित घतानेले काम परिबर्तन गरिदिनु पर्यो भन्दै आँफुलाई सम्पर्क गरेको बताईन्। उनले भनिन्,” उनै भाईले काम राम्रो भएन दिदी,अर्को खोजिदिनु पर्यो भन्दै सम्पर्क गरेका थिए,तर अहिले यस्तो घटना सुन्दा म आँफै अचम्ममा परेकी छु।”
घरेलु कामको लागि पछिल्लो क्रममा साईप्रसमा नेपाली महिलाहरु आउँने कम्र निकै बढेको पाईन्छ। नेपाली महिलाहरुले घरमा काम गर्दा बिभिन्न किसिमका हिँसाका घटनाहरु सार्बजनिक हुँदै आए पनि पुरुषलाई सार्बजनिक स्थलमा नै कुटपिट गरेका घटनाहरु भने बाहिर आएका थिएनन्।
गत जुलाईमा पनि घरेलु कामका लागि साईप्रस आएकी ४० बर्षिय नेपाली महिला सीता भट्टराईलाई एसिड प्रहार गरेको घटना सार्बजनिक भएको थियो। देवदह (४ रुपन्देही स्थायी घर बताउँने सीता भट्टराईले घर मालिकले एसिड प्रहार गरेको २५ दिन पछि मात्र खुलासा गर्दै प्रहरीमा उजुरी गरेकी थिईन्।
-अनलाईन खबर
No comments:
Post a Comment