Sunday, December 6, 2015

निजी सवारीलाई लटअनुसार पेट्रोल दिने (सूची सहित)

काठमाडौं,मंसिर २० । लामो समयदेखि निजी सवारी साधनलाई इन्धन नदिएको आयल निगमले सोमवार देखि लट अनुसार इन्धन वितरण गर्ने भएको छ । तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई सोमवार वाट इन्धन पाउन लागेका हुन् । कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको चाप बढीरहेका बेला त्यसलाई नियन्त्रण गर्न पनि निजी सवारीलाई इन्धन दिन लागिएको हो। थानकोट डिपो प्रमुख रविन शर्मा अनुसार सोमबार १ देखि २५ लटसम्मलाई इन्धन उपलब्ध गराइने छ भने मंगलबार २६ देखि ४०, बुधबार ४१ देखि ५५ र बिहीबार ५६ देखि बाँकी रहेका दुई पांग्रे निजी सवारी साधानलाई इन्धन उपलब्ध गराइएने छ।

तराई मधेसको आन्दोलनका कारण सहजरुपमा इन्धन आयात नभए पनि चोरबाट कालोबजारीबाट भित्रिएको इन्धन चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ। स्थानीय प्रशासनले कालोबजारी नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक हुन सकेको छैन। अत्यावश्यकीय सेवाअन्तर्गतका सवारी साधनलाई भने निगमले पेट्रोल पम्प नै तोकेर समानुपातिक तबरले इन्धन वितरण गर्दै आएको छ। विद्यालय, अत्यावश्यकीय ट्रक तथा ट्याङ्कर, खानेपानी, दूध, कृषिउपज आयात गर्ने सवारी साधन, कूटनीतिक नियोग र राष्ट्रिय गौरवका आयोजनालाई पनि इन्धन उपलब्ध गराइरहेको छ। भारतबाट भित्रिएका इन्धनलाई समानुपातिक तवरले वितरण गर्ने योजनाअनुसार नै अगाडि बढाइएको निगमको दाबी छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts