Sunday, December 6, 2015

दिल्ली जाने जहाज चढ्नै लाग्दा कनकमणि दीक्षितलाई अख्तियारको पत्र

काठमाडौं,मंसिर २० । भारत प्रस्थान गर्न लागेका हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई विमानभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र थमाएको छ । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन सुरु गरेको खबर सार्वजनिक भइरहेका बेला आइताबार बिहान दिल्ली जानको लागि त्रिभुवन विमानस्थलमा पुगेका बेला दीक्षित अख्तियार दरुपयोग अनुसान्धान आयोगका कर्मचारीले एउटा चिठी थमाएको हो ।

kanakmani
अख्तियारले दीक्षित सहित २९ जनाको बैंक लकर समेत बन्द गर्न निर्देशन दिएको छ । चिठीमा साझा यातायातको अध्यक्षको हैसियतमा अख्तियारले बोलाएको बताइएको छ । ‘अख्तियारको पत्र वाहक जागरुक थिए, दिल्ली उढ्नै लागेको नेवानी जहाज भित्रै आएर पत्र ठम्याए,’ दीक्षितले ट्विटरमा उल्लेख गरेका छन्, ‘अख्तियारले च.नं. ७३४ पत्र मार्फत साझा यातायात अध्यक्ष हैसियतमा ‘उपस्थित हुन’ बोलायो काठमा नं. ४१६ मा । उपस्थिति जनाउन हतारो, उत्सुकताको सीमा रहेन ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts