काठमाडौं, मंसिर १८ । नयाँ शक्ति निर्माण अभियानका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुकरवार अपराहन्न भारत प्रस्थान गरेका छन । विश्व बैंकको आयोजनामा हुन लागेको एक कार्यक्रममा सहभागी हुनका लागि आज मुम्बाई प्रस्थान गरेका हुन् । आज दिउँसो २:४० बजे जेट एयरवेजमार्फत उनी मुम्बई उडेको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार भट्टराईले मुम्बईमा शनिवार विश्व बैंकले आयोजना गर्ने नेपाल-भारत आर्थिक सम्वन्ध विषयक कार्यक्रममा सहभागी हुनेछन । उहाँ मंसिर २० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment