काठमाडौं,मंसिर १८ । एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले खेल मिलेमतोको अभियोगमा राष्ट्रिय टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि आजिवन प्रतिबन्ध लगाएको छ । अब उनीहरु फुटबलको कुनै गतिविधिमा संलग्न हुन पाउने छैनन् ।
एएफसीको अनुसासनसमितको शुक्रबार बसकेको बैठकले उनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । एएफसीले जारी गरेको विज्ञप्तीमा नेपाली फुटबलर अन्जन केसीसहितका खेलाडीहरु सन् २००८ देखि सन् २०१२ सम्ममा भएका दर्जनबढी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने क्रममा म्याच फिक्सिङमा संलग्न भएको प्रमाणित भएकाले प्रतिबन्ध लगाइएको उल्लेख छ ।
एएफसीले म्याच फिक्सिङमा संलग्न भएको प्रमाणित गर्दै ताजकस्तानका रेफ्री मुर्ताजोएभ पार्भिजलार्इ पनि आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ‘अनुशासन समितिबाट एक अफिसियलसहित चार नेपाली खेलाडीलार्इ म्याच फिक्सिङ गरेको पुष्टि भएपछि फुटबल गतिविधिमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरिएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘नेपाली अफिसियल अन्जन केसीसहित नेपाली राष्ट्रिय टिमका खेलाडीहरु सन् २००८ देखि २०१२ सम्म भएका मैत्रीपूर्ण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा विकास सिंह क्षेत्री, सन्दीप रार्इ, रितेश थापा र सागर थापा एएफसीको आचारसंहिता नम्बर ६० र ६९ अनुसार दोषी पाइएका छन् ।’
पाँचै खेलाडीहरुमाथि यसअघि अक्टोबर १६ मै अस्थायी प्रकृतिको प्रतिबन्ध लगाइसकेको थियो । एएफसीका अनुसार यो आजीवन प्रतिबन्ध नेपालस्थित महानगरीय अपराध महाशाखा र एसएफसीको समन्वयमा एक वर्षसम्म चलेको अनुसन्धानपछि लगाइएको हो ।
म्याच फिक्सिङको आरोपमा असोज २७ गते पक्राउ परेका खेलाडीहरु विशेष अदालतले भने थुनछेक वहसपछि अन्जन र रितेशलाई ५ लाख, सागरलाई १ लाख ५० हजार र सन्दीप र विकासलाई ५०/५० हजार धौरटी लिएर छोड्न आदेश दिएको थियो ।’
No comments:
Post a Comment