काठमाडौं,मंसिर १८ । आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग बैठक तय भएसँगै आन्दोलनरत मधेसी मोर्चाको नेता आईतवार दिल्ली जान लागेका हुन् । त्यस्तै मोर्चा नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल तथा विभिन्न राजनीितक दलका नेताहरू सँग पनि भेट गर्ने छन्। मोदीसँगको भेटबारे भने अहिलेसम्म तय भएको छैन।
आज तीन दल र मधेसी मोर्चाबीच हुने भनिएको वार्ता हुन सकेन। मोर्चाका नेताहरू भारतीय दूतावास लैनचौरमा भारतीय राजदूत रन्जित रेसँग भेट गरिरहेका छन्। नेताहरुले मधेस आन्दोलनबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित सत्तारुढ र विपक्षी नेताहरुसँग भेटवार्ता गर्ने बुझिएको छ । मोर्चाका नेताहरुले शुक्रबार भारतीय राजदूत रणजीत रायसँग समेत छलफल गरेका छन् ।
No comments:
Post a Comment