एजेन्सी,मंसिर १८ । विश्व फुटबल महासंघ (फिफा)का १६ जना पदाधिकारीलाई भ्रष्टाचारको आरोप मुद्दा दायर गरिएको छ । स्विटजरल्याण्डको ज्यूरिखमा फिफाका दुई उपाध्यक्ष पक्राउ गरिएको छ । भ्रष्टाचारको योजना बनाएको, पदको दुरुपयोग गरेको आरोपमा १६ जना विरुद्ध मुद्दा चलाइनेछ । भ्रष्टाचारको अनुसन्धान गर्न पूर्ण सहयोग गर्ने फिफाले जनाएको छ ।
फिफामा अहिले भ्रष्टाचार भएको विषयमा छानविन भइरहेको छ । यसरी मुद्दा दायर गरिएका अधिकारीहरुमा ब्राजिलियन फुटबल संघका अध्यक्ष मार्को पोलो डेल नेरो, पूर्व अध्यक्ष रिकार्डो टेक्सेरालगायत दक्षिण अमेरिका, उत्तर अमेरिका तथा क्यारेवियन राष्ट्रका वर्तमान एवम् पूर्व फुटबल पदाधिकारीहरु रहेका छन् ।
अमेरिकी न्याय विभागले पछिल्लो डेढ दशकमा विश्व फुटबलमा २० करोड अमेरिकी डलरभन्दा बढी अनियमितता भएको आरोपमा ब्यापक छानविन चलाइरहेको छ ।
अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीमाथि पनि भ्रष्टाचार गरेको आरोप लागेको छ । दुवैजनालाई फिफाले ९० दिनको प्रतिबन्ध लगाइसकेको छ ।
No comments:
Post a Comment