Thursday, December 3, 2015

गैंडाको’चकलेट’ लाई टक्कर दिदै बलिउडको सेक्स ड्रामा ‘हेट स्टोरी ३’

काठमाडौं । निर्मल शर्मा ‘गैडा’ले निर्देशन गरेको चलचित्र ‘चकलेट’ आज देखि प्रदर्शन भएको छ । अभिनेत्री पूजना प्रधानको निर्माण र अभिनय रहेको चलचित्र ‘चकलेट’लाई बलिउडको ‘हेट स्टोरी ३’ले टक्कर दिने भएको छ । चकलेट निर्मल शर्माको निर्देशनमा डेब्यु गरेको पहिलो चलचित्र हो । मल्टिप्लेक्समा चकलेटको भिडन्त अघिल्लो साता रिलिज भएको ‘कबड्डी कबड्डी’सँग पनि हुनेछ।

‘चकलेट’मा पूजना प्रधान, आयुष्मान घिमिरे, नम्रता झा, केशव भट्टराईको अभिनय छ। तेजस्वी प्रधानसहित नौ जना बाल कलाकारको पनि अभिनय छ। त्यस्तै आजैदेखि इरोटिक थ्रीलर जानरामा राखिएको भारतीय फिल्म ‘हेट स्टोरी ३’ पनि प्रदर्शनमा आएको छ । हेट स्टोरी ३विशाल पाण्डेले निर्देशन गरेका हुन्। सरमन जोशी, जरिन खान, देसी शाह, करणसिंह ग्रोवरको अभिनय छ। सेक्सुअल बदला फिल्मको कथा हो। hU7mT.dpuf

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts