Tuesday, December 15, 2015

राष्ट्रपति जनकपुरमा, मोर्चाद्वारा कालोझन्डा, प्रहरीद्धारा लाठिचार्ज र अश्रृग्यास

जनकपुर,पुष १ । कडा सुरक्षाकोबीच राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको हेलिकोप्टरमा बुधबार जनकपुर पुगेकी छिन् । भण्डारीको विरोधमा मधेसी मोर्चाले कालोझन्डा देखाएर प्रदर्शन गरेको छ । प्रर्दशनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता माथि प्रहरीले लाठिचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । अहिले जनकपुर तनावग्रस्त बनेको छ ।
मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरका विभिन्न स्थानहरुमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रपति भण्डारी चढेको नेपाली सेनाको सुपरपुमा हेलिकोप्टर पौने १२ जनकपुर प्रहरी अञ्चल कार्यलयमा अवतरण गरेको थियो । त्यहाँबाट उनलाई नेपाली सेनाको विशेष स्कर्टिङसहित गाडीमा जानकी मन्दिर लगिएको छ। उनको आगमनलाई मध्यनजर गर्दै दर्शनार्थीहरुलाई हटाएर मन्दिर परिसर खाली गराइएको छ ।
मधेसी मोर्चाका कार्यकर्तहरु विरोध प्रदर्शनमा उत्रिएका छन् भने कुनै अप्रिय घटना हुन नदिन र सुरक्षा व्यावस्थालाई ख्याल गर्दै हज्जारौ सुरक्षाकमी परिचालन गरिएको छ ।

नगर सबै सडक र चोकमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने भण्डारी जाने आउने मार्गमा सेना पनि खटाइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts