Tuesday, December 15, 2015

मोर्चाका कार्यकर्ताद्वारा जानकी मन्दिरमा पेट्रोल बम प्रहार

जनकपुर,पुष १ । राष्ट्रपति विद्या भण्डारीको विरोध प्रदर्शनमा उत्रिएका मधेसीमोर्चाको कार्यक्रताले जनकपुरस्थित जानकी मन्दिर परिसरमा पेट्रोल बम प्रहार गरेका छन् । राष्ट्रपति भण्डारी जानकी मन्दिरमा दर्शन गरेर फर्केपछि मधेसी मोर्चाका कार्यकर्ताहरुले मन्दिर परिसरमा ढुंगामुढा र पेट्रोल बम हानेका हुन् । विवाहपञ्चमीको अवसरमा विशेष पुजा गर्न भण्डारी जानकी मन्दिर पुग्नु भएको थियो । मोर्चा कार्यकर्ताले मन्दिरको भित्रीभागमा पनि ढुंगामुढा गरेपछि त्यहाँ छिरेका दर्शनार्थी, सञ्चारकर्मी र पूजारीसमेत थुनिएका छन् ।

भण्डारीको विरोधमा मधेसी मोर्चाले कालोझन्डा देखाएर प्रदर्शन समेत गरेका थिए । प्रर्दशनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता माथि प्रहरीले लाठिचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरका विभिन्न स्थानहरुमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts