Tuesday, December 15, 2015

युएफा ड्रिम टिममा मेस्सी, नेईमार र सुवारेज परेनन्

काठमाडौं,पुष १ । युरोपेली फुटबल महासंघ यूईएफएले घोषणा गरेको ड्रिमवाट बार्सिलोनाका तीन स्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज आउट भएका छन् । च्याम्पियन्स लिग फुटवलको समुह चरणमा गरेको प्रदर्शनका आधारमा युएफाले ड्रिम को घोषणा गरेको हो । यो टिममा बार्सिलोनाका कुनै खेलाडी पनि परेका छैनन् ।
मेस्सी र नेईमार यस वर्षको फिफा वर्ष खेलाडी अर्थात बलुन डे ओरको लागि रियल मड्रिडका क्रिश्चियानो रोनाल्डोसँग प्रतिस्पर्धा गरिरहेको भए पनि युएफा ड्रिम टिममा पर्न भने असफल भएका हुन् ।

ड्रिम टिममा रियल मड्रिडका क्रिश्चियानो रोनाल्डो, बायर्न म्युनिखका थोमस मुलर र जेनीथका हल्क फरवार्डको रुपमा समावेश गरिएका छन् । यसैगरी मिडफिल्डरहरुमा चेल्सीका विलियन, म्यानचेस्टर सिटीका राहिम स्टर्लीङ र गेन्टका स्वेन कुम्स परेका छन् । भने डिफेण्डरमा बार्यन म्युनिखका अलाबा, एथ्लेटिको मड्रिडका गोडिन, पेरिस सेन्ट जर्मेनका सिल्भा र युभेन्टसका आड्रिया बाइजाली छन् । च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजको गोलकिपरमा पेरिस सेन्ट जर्मेनका केभिन ट्राप परेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts