Tuesday, December 15, 2015

१ करोड २५ लाख भारुमा दर्शनाले किन्यो ‘दिलवाले’

काठमाडौं । आउदो शुक्रबार देखी व्रल्ड वाईड रिलिज हुने शाहरुख खान स्टारर फिल्म ‘दिलवाले’लाई नेपालको चर्चित बितरक कम्पनी दर्शना आर्टसले अहिले सम्मकै सर्बाधिक बढी रकममा नेपाल प्रदर्शन अधिकार किनेको छ ।

बिषेश गरी हिन्दी फिल्म बितरणमा सक्रिय रहेको दर्शनाले शाहरुख खानको यस फिल्मलाई बिषेश फिल्मका रुपमा लिएको छ ।सुरुमा हिन्दी फिल्म मात्रै बितरण गर्दै आएको दर्शनाले केहि समय अघि देखि नेपाली फिल्म समेत बिरण गर्दै आएको छ ।

विश्बमा नै बहुप्रतिक्षित मानिएको शाहरुखको ‘दिलवाले’लाई हाई बजेटमा किनेर पनि नाफा कमाउनेमा बितरक कम्पनी ढुक्क छ । शाहरुखकै कारण महङगो मुल्यमा फिल्म किनेको दर्शनकाका प्रबन्ध निर्देशक गोबिन्द सापकोटाले बताए । उनका अनुसार बलिउड स्टार शाहरुखले ‘दिलवाले’ र ‘नेपाल प्रदर्शन’का बारे आज साँझ सम्ममा सामाजिक संजाल ट्विटर बाट सम्बोधन गर्ने कार्यक्रम रहेको पनि जानकारी गराए ।

जसका लागि दर्शना आर्टसका प्रमुख दिपक अधिकारी शाहरुखलाई भेट्ने तयारीमा बम्बईमा छन् । रेड चिल्लीजको ब्यानरमा रोहित शेट्टी निर्देशित यस फिल्ममा शाहरुखका साथमा काजोल,बरुण धावन र कृति सनन मुख्य भुमिकामा छन् ।

‘दिल वाले’ संग कुनै पनि नेपाली फिल्मको प्रदर्शन मिति तय छैन । यस कारण ‘दिलवाले’ले नेपाल बाट ठुलो रकम कमाउने पक्का छ । फिल्म काठमाण्डौमा २१ पर्दा र बाहिर ९० बन्दा बढी सिनेमा घरमा प्रदर्शनमा आउने भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts