एजेन्सी,मंसिर २१ । इंग्लिस प्रिमियर लिग फुटवलमा लिभरपुल न्युक्यासलसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा न्युक्यासलले लिभरपुललाई २–० ले पराजित गरेको छ । लिभरपुलले पहिलो हाफ गोल रहित बराबरीमा रोकेपनि दुवै गोल दोस्रो हाफमा खाएको हो । लिभरपुलका मार्टिन स्कटेलले ६९ औं मिनेटमा आत्मघाती गोल गरेपछि न्युक्यासलले १–० को अग्रता लियो ।
९० औं मिनेटमा जर्जिनियो वाइनाल्डमले गोल गर्दैै न्युक्यासललाई २–० को जित दिलाए । न्युक्यासलको सिजनको यो तेस्रो जित हो । १५ खेलबाट १३ अंक जोडेको न्युक्यासल १८ औं स्थानमा छ । १५ खेलबाट २३ अंक जोडेको लिभरपुल सातौं स्थानमा छ ।
No comments:
Post a Comment